
नवलपुर । नापी कार्यालय कावासोतीको सेवा ठप्प भएको छ । कार्यालयका १५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सेवा ठप्प भएको हो ।
नापी कार्यालयका सूचना अधिकृत भोला कोहारले ३० कर्मचारीमध्ये १५ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो ।
नापी कार्यालय कावासोतीमा शुक्रबार थप ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि नै कार्यालयका ९ जना कर्मचारीमा कोरोना संक्रमण भएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्