
एजेन्सी । शक्तिशाली ज्वालामुखी विष्फोट भएपछि न्यूजिल्याण्डको केही भागमा सुनामीको चेतावनी दिइएको छ ।
समुन्द्रमुनि ज्वालामुखी विष्फोट भएपछि टोङ्गा र न्यूजिल्याण्डलगायत धेरै देशहरूमा सुनामीको चेतावनी जारी गरिएको हो ।
ज्वालामुखीबाट निस्केको ग्याँस, धुवाँ र खरानी २० किलोमिटर आकाशमा पुगेको टोंगा भूगर्भ विभागले जनाएको छ ।
अष्ट्रेलियाको मौसम विज्ञान ब्यूरोका अनुसार त्यहाँ १ दशमलब २ मिटर सुनामीको लहर आएकोे थियो ।
राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले देशका केही भागहरूमा समुन्द्री तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्