
पाल्पा । कोरोना संक्रमणको त्रासकाबीच पवित्र धार्मिक तीर्थस्थल पाल्पाको रुरु क्षेत्रमा माघे संक्रान्तिको मेला लागेको छ ।
हरेक वर्ष माघे संक्रान्तिको अवसरमा रुरु क्षेत्रमा धार्मिक मेला लाग्ने गर्दछ । कोरोना संक्रमणको जोखिमका बीच पनि यहाँ लाग्ने मेला रोकिएन ।
रुरु क्षेत्रमा विहानैदेखि स्नान गर्ने र ऋषिकेश भगवानको दर्शनको लागी दर्शनार्थी जुटेका थिए । माघे संक्रान्तिको दिन कालिगण्डकीमा स्नान गर्नाले अन्जानमा गरेका सबै पाप नाश हुने, मृत्युपछि स्वर्गमा बास हुने जनविश्वास छ ।
पाल्पा, गुल्मी, अर्घाखाची, स्याङ्जा, रुपन्देही जिल्लाबाट रुरु क्षेत्रको रिडिमा कालीगण्डकी स्नान गर्नका लागि मानिसहरु आउने गर्छन् ।
प्रतिक्रिया दिनुहोस्