१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


माघे संक्रान्तिमा पनि सुनसान देवघाट


247
Shares

चितवन । माघे संक्रान्तिको अवसर पारेर विगतका वर्षमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाटधाम यस वर्ष सुनसान भएको छ ।

कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका सिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो ।

स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको थियो ।

कल्पवासी र स्थानीयबाहेक अन्य नदीमा स्नान गर्न गएका थिएनन् । स्थानीय प्रशासनले देवघाट प्रवेशमा रोक लगाएपछि बाहिरी जिल्लाबाट आएका भक्तजन बिच बाटोमा नै रोकिएका थिए ।

यो वर्ष देवघाट मेला भर्न झण्डै पाँचलाख भक्तजन आउने अपेक्षा गरिएको थियो । तर, कोरोना संक्रमणको जोखिमका कारण प्रशासनले नाका सिल गरेपछि मेला नै स्थगित भएको हो ।