पूर्वसचिव कार्की पत्नीको हत्याः ‘पोस्टमार्टम रिपोर्ट’मा के छ ?

news

दीपक श्रेष्ठ, गृष्मा राजभण्डारी र नवीन स्थापित (इमेज)

काठमाडौं, माघ २८ । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या नै भएको ‘पोस्टमार्टम रिपोर्ट’मा देखिएको छ ।

घटनाको अनुसन्धान गरिरहेको ललितपुर प्रहरीले पनि घरेलु कामदारले नै कार्कीको हत्या गरेको दोहोर्‍याएको छ ।

पोस्टमार्टममा संलग्न पाटन अस्पतालका डाक्टरकाअनुसार मुना कार्कीको मृत्यु सांघातिक आक्रमणबाटै भएको देखिएको छ ।

शवको पोस्टमार्टमको रिपोर्ट तयार भइसकेको र मृत्युको कारण हत्या नै भएको देखिएको पोस्टमार्टममा संलग्न पाटन अस्पतालका चिकित्सक कश्यप श्रेष्ठले जानकारी दिए ।

यता, कार्कीका आफन्त र घरमा काम गर्ने युवतीसँग पनि बयान लिइरहेको ललितपुर महानगरीय प्रहरीले मुनाको टाउकोमा चोट र घाँटीमा डोरीको डाम रहेकाले घरमा काम गर्ने विजय चौधरीले नै हत्या गरेकोमा शंका नरहेको बताएको छ ।

ललितपुरको सानेपास्थित आफ्नै घरमा सोमबार बिहान ४९ वर्षीया मुना कार्कीको हत्या भएको थियो ।

कार्कीको घरमा काम गर्ने २२ वर्षीय युवक विजय चौधरीले पनि पासो लगाइ आत्महत्या गरेका थिए ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...