
रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले वन्यजन्तुको आक्रमणबाट क्षति पुगेकाहरुलाई राहत दिएको छ । वन्यजन्तुको आक्रमणबाट घाइते भएका मानिस तथा चौपाया र बालीनालीको क्षति ब्यहोरेका स्थानीयलाई निकुञ्जले राहत रकम प्रदान गरेको हो ।
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत भूपेन्द्र यादवका अनुसार गत आर्थिक वर्षको साउनदेखि हालसम्म जम्मा ४८ लाख १६ हजार ६ सय ५५ रुपैयाँ राहत प्रदान गरिएको छ ।
त्यसमध्ये भालुको आक्रमणबाट घाइते भएकाहरुलाई सात लाख ९६ हजार उपचार खर्च, बाली क्षतितर्फ ३४ लाख २२ हजार र चौपाया क्षतितर्फ पाँच लाख ९८ हजार रुपैयाँ प्रदान गरिएको छ ।
डेढ वर्षको अवधिमा सबैभन्दा बढी बँदेल, बाँदर र भालुबाट निकुञ्ज क्षेत्र तथा मध्यबर्ती क्षेत्रभित्र बसोबास गर्ने बासिन्दा बढी पीडित बनेका छन् भने चितुवाको आक्रमणबाट ६० भन्दा बढी चौपाया मरेका छन् ।
प्रतिक्रिया दिनुहोस्