१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलाम अस्पताललाई तीन लाख सहयोग


65
Shares

इलाम । इलाम अस्पताललाई आवश्यक उपकरण खरिदका लागि नगद सहयोग गरिएको छ । ‘इलामेहरुको पीडामा मल्हम पट्टी हाम्रो अभियान, कोभिड ब्यवस्थापन तथा राहत कोष’ नामक समूहले नगद तीन लाख सहयोग गरेको हो ।

उद्योग वाणिज्य संघ इलामको नेतृत्वमा नेपाल रेडक्रस सोसाइटी र नेपाल पत्रकार महासंघ सदस्य रहेको संस्थाले इलाम अस्पताल सञ्चालक समिति इलामका प्रमुख गणेश बराललाई तीन लाखको चेक हस्तान्तरण गरेको छ ।

तेस्रो चरणको कोरोना महामारी फैलिने क्रम बढेको भन्दै अस्पताललाई सहयोग गरिएको नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष तथा समूहका सदस्य विप्लव भट्टराईले बताउनुभयो ।

समूहले गएको कोरोना महामारीमा जिल्लाका १० वटै स्थानीय तहलाई नगद डेढ लाख पर्ने स्वास्थ्य सामाग्री समेत वितरण गरेको थियो । समूहले अस्पताललाई आवश्यक बेड, सेनिटाइजर, पिपिइ सेटलगायतका सामाग्रीसमेत वितरण गरेको छ ।