२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चितवनमा ध्रुवे हात्तीको आक्रमणमा सैनिक जवानको मृत्यु


7.163k
Shares

काठमाडौं । चितवनमा जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा कार्यरत् सैनिक जवान हिजो साँझ साइकल गस्तीमा निस्किएको बेला ध्रुवे हात्तिले आक्रमण गरी कुल्चिएको थियो । हात्तीले कुल्चिएपछि घाइते भएका जवानको भरतपुर अस्पतालमा उपचारका क्रममा हिजो राती मृत्यु भएको हो ।

निकुञ्जले मृतकको परिवारमा मानसिक चोट पुग्न सक्ने भन्दै पहिचान खुलाएको छैन । मृतक जवान खड्ग दलमा कार्यरत अमलदारमा भएको बताइएको छ । ध्रुवे हात्तिले पाँच वर्षअघि पनि नेपाल र भारतका विभिन्न स्थानमा १५ जनाको ज्यान लिएको थियो ।