
काठमाडौं । गायक तथा संगीतकार शान भुसालको “नशा” बोलको गीत सार्वजनिक भएको छ । गीतमा भुसालको शब्द संगीत रहेको छ भने स्वर भारतीय गायक अनुग्रह विष्टको रहेको छ । हाल अमेरिकामा रहेका गायक भुसालको सो गीत लुसेन्ट फिल्मको ब्यानरमा बनेको छ ।
सनीरको ब्याकराउण्ड म्युजिक रहेको उक्त म्युजिक भिडियोको निर्देशन विकास बराइलीले गरेका छन् । भिडियो अमेरिकास्थित टेक्ससको डालस, हिक्कोमा सुटिङ भएको भुसालले जानकारी दिए ।
म्यूजिक भिडियोलाई गायक भुसालले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन् । गीतमा अमेरिकी रंग एवं सिने अभिनेता जोर्ज आटेरो, एलेक्जेन्ड्रिया पास्कुसी, कलाकारहरु दिपेश आचार्य अंकित शर्मा आदिको अभिनय रहेको छ ।
गीतको अडियो रेकर्डिङ मुम्बइ स्थित बि.बि.जे.स्टुडियोमा रेकर्ड भएको हो भने वाद्यवादन र मिक्सिङ काठमाडौंको गुञ्जन रेकर्डिङमा कृष्णकुमार महर्जनले गरेका छन् ।
गीतको भिडियोः
प्रतिक्रिया दिनुहोस्