२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भोलि बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अनिश्चित कालका लागि स्थगित


156
Shares

काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको भोलि बस्ने भनिएको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।

संघीय संसदका महासचिव डा.भरतराज गौतमले सूचना जारी गर्दै भोलि बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणवस स्थगित भएको जानकारी गराउनु भएको हो । राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

राष्ट्रिय सभाको बैठक भोलि १ बजे बस्ने गरी तय गरिएको थियो । संसद सचिवालय स्रोतका अनुसार कोरोना महामारीको जोखिम लगायतलाई मध्यनजर गरेर बैठक स्थगित गरिएको हो ।

सरकारले कोरोना जोखिमलाई मध्यनजर गरेर २५ जना भन्दा बढी सार्वजनिक स्थलमा भेला हुन नपाउने,सभा समारोह गर्न नपाउने लगायतका स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने निर्णय गरिसकेको छ ।