१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पशुपति धर्मशाला तारे होटल जसरी चलाएको देख्दा मन्त्री आले आश्चर्यमा


5.057k
Shares

काठमाडौं, माघ २ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्नुभएको छ ।

धर्मशाला निरीक्षण गर्दै मन्त्री आले धर्मशाला सात तारे होटल जस्तो रहेको देख्दा आफू आश्चर्यचकित भएको प्रतिक्रिया दिनुभएको छ । मन्त्री आलेले यसबारे छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने पनि बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको आरोप बतास समूहमाथि लाग्दै आएको छ । धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना हुने गरेको छ ।