११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


४९६१ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो


143
Shares

काठमाडौं, माघ २ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५६२ जनाको पिसीआर परीक्षण गर्दा ४ हजार ५३४ र २ हजार ५६९ जनाको एन्टिजेन परीक्षण गर्दा ४२७ गरि ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी गत २४ घण्टामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

आइतबार ४३५ जना संक्रमणमुक्त भइसकेका छन् ।

हाल देशभर २५ हजार ६८० सक्रिय संक्रमित रहेका छन् ।