
काठमाडौं, माघ २ । कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकामा सरकारले स्मार्ट लकडाउन गरेपछि त्यसको प्रभाव नारायणहिटी दरबार संग्रहालयमा परेको छ ।
कोरोनाको दोस्रो लहरपछि पुनः लयमा आएको संग्रहालय पछिल्लो संक्रमणसँगै प्रभावित बनेको हो ।
संग्रहालय अवलोकनमा दैनिक २ लाख ५० हजार बढी आम्दानी हुन थालेकोमा अहिले दर्शकको संख्यामा पुनः ओरालो लाग्न थालेको यस संग्रहालयका सूचना अधिृकत बुद्धिबहादुर गुरुङ बताउनु हुन्छ ।
संग्रहालय प्रशासनले घुम्न आउने पर्यटनलाई स्वास्थ्य मापदण्ड अनुरुप प्रवेश दिने गरेको छ । माघ ७ गतेदेखि सरकारले तोकेको मापदण्डअनुसार संग्रहालय प्रवेश गर्नेहरुलाई कोरोना विरुद्धको दुबै डोज खोप लगाएको कार्ड अनिवार्य गरिने छ । जग्गा भाडा प्रकरणमा संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएपनि दैनिक काममा कुनै प्रभाव नपरेको कर्मचारीको भनाई छ ।
अवलोकन गर्नेबाट उठेको रकमले संग्रहालयको सम्पूर्ण खर्च धानिने भएकाले आम्दानी घट्दै गए समस्या पर्ने कर्मचारीको भनाई छ । नारायणहिटी दरबार संग्रहालयमा हाल २ सय कर्मचारी कार्यरत छ ।
प्रतिक्रिया दिनुहोस्