
काठमाडौं । प्रशान्त महासागरको टापु मुलुक टोंगाको समुद्री तटमा भएको ज्वालामुखी विष्फोटपछिको क्षति आंकलन गर्न र मानविय सहायताका लागि न्युजिल्याण्डले एउटा बिमान टोंगा पठाएको छ ।
न्युजिल्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डर्नले सो क्षेत्रमा सुनामीका कारण ठुलो क्षति पुर्याएको बताउँदै स्थिती बुझ्न बिमान पठाएको जानकारी दिनुभयो ।
टोंगाका जनताको जीवन रक्षाका लागि विश्व समुदायले आ–आफनो क्षेत्रबाट सहयोगको प्रयास थालेका छन् ।
ज्वालामुखी बिस्फोटका कारण प्रशान्त क्षेत्रका टापुहरु खरानीले ढाकिएका छन् भने त्यहाँको सञ्चार बिच्छेद हुनुका साथै बिजुली आपूर्ति समेत बन्द हुँदा कम्तिमा ८० हजार मानिस प्रभावित भएका छन् ।
यसको असर अमेरिका र जापानमा पनि पर्ने सम्भावना बढेको भन्दै सो देशहरुले सतर्कता अपनाएका छन् । अमेरिका र जापानले आफ्ना प्रशान्त तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा जान अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्