१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


इक्वेटोरियल गिनीले डिफेन्डिङ च्याम्पियन अल्जेरियालाई हरायो


52
Shares

काठमाडौं । इक्वेटोरियल गिनीले अफ्रिका कप अफ नेशन्स फुटबलमा साविक विजेता अल्जेरियालाई हराएको छ । क्यामरुनमा जारी प्रतियोगिताको दोस्रो खेलमा हारेपछि अल्जेरियाको भने राउण्ड अफ सिक्स्टिनमा पुग्ने बाटो कठिन भएको छ ।

गएरातिको खेलमा इक्वेटोरियल गिनीले अल्जेरियालाई १–० ले हराएको हो । हारसँगै अल्जेरिया समुह ई को पुछारमा रहेको छ । दुई खेलबाट उसको १ अंक मात्रै छ । ४ अंक जोडेको आइभोरी कोष्ट शिर्ष स्थानमा रहँदा ३ अंकसहित इक्वेटोरियल गिनी दोस्रो तथा २ अंक जोडेको सिएरा लियोन तेस्रो स्थानमा छ ।

गएरातिको खेलमा आइभोरी कोष्टले सिएर लियोनसँग २–२ गोलको बराबरी खेल्यो । यसैगरी, समुह एफ को खेलमा ट्युनिसियाले मौरितानियालाई ४–० ले हराउँदा गाम्बिया र मालीले १–१ गोलको बराबरी खेलेका छन् ।

यो समुहमा दुई खेलबाट ४–४ अंक जोडेको गाम्बिया र माली शिर्ष दुई स्थानमा रहेका छन् । ट्युनिसयासको ३ अंक भएको छ भने मौरितानियाले अंक जोड्न सकेको छैन ।