११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ


0
Shares

दमौली, माघ २९ । नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुन रहेका छन् ।

पुनलाई म्याग्दे गाउँपालिका–३ जामुनेबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

प्रहरीले विप्लव निकट विद्यार्थी सङ्गठनका नेता पर्वत सेढाइँलाई पनि पक्राउ गरेको छ । पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस