
बैतडी । बैतडीको सुर्नया गाउँपालिकाका डम्मर अवस्थीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ ।
सुर्नया– ६ कै ३० वर्षीय नवराज अवस्थीलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।
नवराजलाई शंका लागेर नियन्त्रणमा लिएको र उनीमाथि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
गएको मंसिर १४ गतेदेखि हराईरहेका डम्मरको शव गत पुस २८ गते घर नजिकैको धुरा जंगलमा १५ फिट गहिरो गुफामा गाडेको अवस्थामा फेला परेको थियो ।
यसअघि हत्याको आंशकामा प्रहरीले स्थानीय हरिश अवस्थीलाई पकाउ गरी अनुन्सधान गरिरहेको छ । उनले डम्मरको हत्या गरेको स्वीकार गरिसकेका छन् । तर, डम्मरका आफन्तले भने हत्यामा एक जना मात्रै नरहेको भन्दै सबै दोषी पक्राउ नपर्दा सम्म शव नउठाउने अडान लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्