
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुका लागि बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै ‘बिओके एनआरएन निक्षेप खाता’ सार्वजनिक गरेको छ । विदेशमा बसि आफ्नो परिश्रम गरि आयआर्जन गरिरहनुभएका ग्राहकहरुलाई आफ्नो मातृभूमिमा रहेको यस बैंकमा खाता खोली उच्चतम् प्रतिफल लिनुहुन बैंकले अनुरोध गरेको छ ।
गैरआवासीय नेपालीहरुले यस बैंकमा अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, क्यानेडियन डलर र जापानी येन मुद्राहरुमा बैंक खाता खोल्न सक्नुहुनेछ । यस बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीले अधिकतम् ५.५% सम्मको वार्षिक ब्याजदर पाउनुहुनेछ । साथै, गैरआवसीय नेपालीले यस निक्षेप खाता खोल्नु भएमा बैंकले विशेष बैंकिङ्ग सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिन सक्नुहुनेछ ।
बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले विदेशमा रहनुभएका गैरआवासीय नेपालीले आर्जन गर्नुभएको रकमको उच्चतम् प्रतिफलका साथै मातृभूमीमा सहज बैंकिङ्गको अनुभव लिन पाउनुहुने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्