
काठमाडौं । बारामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार)गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा आदर्शकोतवाल गाउँपालिका–८ टोल कोतवाली ठेगाना भएका २० वर्षीय सन्तोष साह कानु र सोही ठाउँ बस्ने ४० वर्षीया शान्ति देवी रहेका छन् ।
गत पुस २५ गते दिउँसो घरबाट बाख्रा लिई चराउन गएकी ती बालिका बेपत्ता भएकोमा पुस २७ गते दिउँसो आदर्शकोतवाल गाउँपालिका–७ स्थित जमुनी खोलामा शव फेला परेको थियो ।
बालिकाको शव फेला परेपछि भएको अनुसन्धानमा बालिकाको जबरजस्ती करणीपछि हत्या गरी फालेको खुल्न आएको थियो ।
घटनामा संलग्न सन्तोष साह र अपराध पुष्टी हुने दशीहरू लोप गर्ने प्रयास गरेकी शान्ती देवीलाई पक्राउ गरेको हो ।
उनीहरू उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्