१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंका ३ हजार ९ सय ३९ जनामा कोरोना पुष्टि


923
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ९ सय ४३, ललितपुरमा ७ सय ९५ र भक्तपुरमा २ सय १ जना गरी ३ हजार ० सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जुन सोमबार संक्रमितमध्येको ५८.५ प्रतिशत हो ।

सोही समयमा देशभर १७ हजार ४ सय ६५ जनामा गरिएको परीक्षणमा ६ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । ५ सय ४७ जना संक्रमणमुक्त हुँदा १ लाख ४३ हजार ३ सय ६० जनाले खोप लगाएका छन् ।

सोही समयमा देशभर ३ जनाको मृत्यु हुँदा सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय ७७ जना पुगेका छन् ।