
भोजपुर । अलैंचीको मूल्यमा वृद्धि भएपछि भोजपुरका किसान उत्साहित भएका छन् ।
गतवर्ष प्रतिमन २६ हजार रुपैयाँमा बिक्री भएको अलैंची यसवर्ष प्रतिमन ४० हजार २०० सम्ममा बिक्री भएपछि किसान उत्साहित भएका छन् ।
अलैंचीको मूल्य वृद्धि भए पनि उत्पादनमा भने यसवर्ष गिरावट आएको किसानले बताएका छन् । वर्षेनी भएको मूल्य गिरावट, गतवर्ष भएको सुख्खा खडेरी तथा अन्य कारण खेती विस्तारमा किसानले ध्यान नदिँदा उत्पादनमा कमी भएको हो ।
आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैंची किसानले विगत वर्षको तुलनामा झण्डै दोब्बर बराबरको मूल्य पाएको बताएका छन् । यसवर्ष मूल्य बढेपनि अलैंचीको उत्पादनमा भने कमि आएको बताइएको छ ।
कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार यसवर्ष भोजपुरमा २३२ मेट्रिक टन अलैंची उत्पादन भएको छ । जिल्लामा अहिले ७१९ हेक्टर क्षेत्र अलैंची खेती योग्य जमिन रहेको भए पनि ५९७ हेक्टरमा अलैंची उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र भोजपुुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्