१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


६ वर्षपछि इरानले साउदी अरेबियामा कार्यालय खोल्ने


169
Shares

एजेन्सी । इरानले ६ वर्षपछि साउदी अरेबियामा फेरि आफ्नो प्रतिनिधि कार्यालय खोल्ने भएको छ ।

कूटनीतिक दरारपछि कार्यालय बन्द भएको ६ वर्षपछि कार्यालय पुनः सञ्चालन गर्न लागिएको हो ।

इस्लामिक सहयोग संगठन (ओआईसी) मा इरानको प्रतिनिधि कार्यालय खोल्न तीन इरानी कूटनीतिज्ञ साउदी अरेबियाको जेद्दाह पुगेका छन् ।

इरान र साउदी अरेबियाले पाँचौं चरणको प्रत्यक्ष वार्ताको तयारी गर्दै गर्दा ६ वर्षपछि कार्यालय खोल्न कूटनीतिज्ञहरू जेद्दाह पुगेका हुन् ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा यस विषयको सोमबार पुष्टि गरेका हुन् ।

साउदी अरेबया पनि इरानमा आफ्नो कुटनीतिक कार्यालय पुनः स्थापना गर्न तयार भएको जानकारी गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यद्यपि उनले यो विषय राज्यको ‘व्यावहारिक प्रयासहरू’ मा निर्भर हुने स्पष्ट पारेका छन् ।

सन् २०१६ मा प्रमुख शिया धार्मिक नेतालाई मृत्युदण्ड दिएपछि तेहरानमा रहेको साउदी दूतावास र मशदको वाणिज्य दूतावास कार्यालयमा आक्रमण भएपछि दुई देशले कूटनीतिक सम्बन्ध तोडेका थिए ।

तर, अप्रिल २०२१ देखि, इराकको मध्यस्ततामा बगदादमा भएको चार चरणको प्रत्यक्ष वार्तापछि यी दुई देश आफ्नो कुटनीतिक कार्यालय स्थापना गर्न सहमत भएका हुन् ।