११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


चाँगुनारायण नगरपालिकाले दोहोरो शुल्क हटाउने


0
Shares

मध्यपुरथिमि, माघ २९ । भक्तपुरको चाँगुनारायण नगरपालिका  छैटौँ नगरसभाले वडा नं ५ स्थित घुमाउनेमा नगरपालिका कार्यालय निर्माण गर्ने निर्णय गरेको छ ।

नगरसभा समापन कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले नगरसभाले विभिन्न शीर्षकमा दोहोरो परेको शुल्क फिर्ताको निर्णयसमेत अनुमोदन गरेको जानकारी दिए ।

सो अवसरमा नगर प्रमुख मिश्रले प्रदेश सरकारबाट नियुक्त जिल्ला खेलकुद समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछवा र सदस्य सरोज थापालाई सम्मान गर्नाका साथै हालै सम्पन्न सागमा स्वर्ण पदक विजेता सुस्मिता तामाङ्गलाई रु.  एक लाख  पुरस्कार प्रदान  गरे ।

नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि रु. २४ करोड पाँच लाख २१ हजार ७ सय ८० राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा माघ २१ गतेसम्म रु. नौ करोड ८८ लाख ५९ हजार ७१३ सङ्कलन गरेर ४२ प्रतिशत सफलता पाएको नगर प्रमुख मिश्रले बताए । 

नगरपालिकाको आर्थिक प्रशासनतर्फ रु. ८३ करोड ७८ लाख बजेट रहेकामा ३० प्रतिशत अर्थात् रु. २५ करोड ९५ लाख दुई हजार ९ सय ४९ तथा चालु खर्चतर्फ पुस मसान्तसम्म रु. ९ करोड २२ लाख ३१ हजार ९ सय ९८ पैसा उनन्तीस अर्थात्  २९।७५ प्रतिशत मात्रै खर्च भएको छ । रासस