
काठमाडौं, माघ २९ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से बुधबार ४।६० ले वृद्धि भई एक हजार ३४५।९७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०।१९ ले वृद्धि भई २८५।५६ मा पुगेको छ ।
नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने डेढ अर्ब बराबरको भएको छ । कूल १७३ कम्पनीको ३९ लाख ८६ हजार ७६९ कित्ता शेयर रु एक अर्ब ५० करोढ ९७ लाख ८४ हजार ३११ मूल्यमा खरिद बिक्री भए ।
कारोवार भएका कूल १२ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ २।९८, विकास बैंक ८।३८ र जलविद्युत् ६।९९ बिन्दुले घटे । यस्तै व्यापार १३।४५, होटल ३।८७, वित्त ३।८२, निर्जीवन बीमा ८०।९७, उतपादन २४।४१, अन्य १०।१९, लघुवित्त ५५।६३, जीवन बीमा ५८।६३ र सामूहिक लगानी कोष ०।०४ ले वृद्धि भएको छ ।
कारोवारका आधारमा बुधबार नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । सो संस्थाको रु नौ करोड ९७ लाख ४६ हजार ६७१ मूल्य बराबरको शेयर कारोवार भयो ।
यस्तै शिवम् सिमेन्ट रु नौ करोड ८४ लाख ४५ हजार ८०, एनआइसि एशिया बैंक रु छ करोड २४ लाख ५३ हजार ८५०, स्वरोजगार लघुवित्त विकास बैंक रु पाँच करोड छ लाख ६५ हजार ४३३, एनएमबी बैंक रु चार करोड ३७ लाख १६ हजार ७००, लुम्बिनी जनरल इन्स्योरेन्स रु तीन करोड ६२ लाख ६४ हजार ३२१ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु तीन करोड ५५ लाख ६७ हजार ७३३ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
यस्तै बुधबार सेन्ट्रल फाइनान्स ९।९३, गुराँस लघुवित्त वित्तीय संस्था ९।८७, स्पर्श लघुवित्त वित्तीय संस्था ९।१४, स्वदेशी लघुवित्त वित्तीय संस्था ८।९२, कालिका पावर कम्पनी ८।०८ र ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले ७।४६ प्रतिशतले कमाए ।
त्यस्तै, यूनाइटेड मोदी ३।५३, ज्योति विकास बैंक ३।०७, बरुण हाइड्रोपावर ३।०३, नेपाल फाइनान्स २।९६, जानकी फाइनान्स २।७३ र हिमालयन ऊर्जा विकास कम्पनी २।७२ प्रतिशतले गुमाए । रासस
प्रतिक्रिया दिनुहोस्