११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिदै


0
Shares

नयाँ दिल्ली, माघ २९ । आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिनुहुने भएको छ ।

उनी दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लाग्नु भएको हो । सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुनेछ । आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो ।

आपले कूल ७० स्थानमध्ये ६२ स्थान जितेको थियो । दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले ८ स्थानमा मात्र विजय हासिल गरेको थियो । यसअघि सन् २०१५ को चुनावमा आपले ६७ तथा भाजपाले ३ स्थान जितेका थिए ।

शीला दीक्षितको नेतृत्वमा लगातार तीन पटक चुनाव जितेर सरकारको नेतृत्व गरेको भारतीय राष्ट्रिय कांग्रेसले पछिल्ला दुबै चुनावमा खाता समेत खोल्न सकेन । रासस/एएनआई