११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


एकै दिन थपिए १० हजार २५८ कोरोना संक्रमित


3.393k
Shares

काठमाडौं, माघ ४ । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, गत २४ घण्टामा १ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।

हाल देशभर ३९ हजार ४४ जना सक्रिय संकमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४००४, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जना संक्रमित थपिएका हुन् ।