
काठमाडौं, माघ ४ । कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम मंगलबार पनि जारी रह्यो ।
सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्रमार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएकोमा मंगलबार पनि खोप लगाउने कार्यक्रम जारी रहेको हो ।
कोभिड–१९ विरुद्धको खोपको दुबै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिइएको छ ।
खोप केन्द्रहरुमा खोप लगाउनेको भीड रहेको छ । सिंहदरबारमा कर्मचारीहरुका लागि सीसीएमसीको कार्यालय परिसरमा खोप दिने व्यवस्था मिलाइएको छ ।
सीसीएमसीको कार्यालय परिसरमा मंगलबार पनि बिहानदेखि खोप लगाउनेहरुको घुइँचो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्