१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन नसकेपछि स्वास्थ्य समितिलाई गुहार


78
Shares

काठमाडौं, माघ ४ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन नसकेपछि प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिलाई गुहारेको छ ।

स्वास्थ्य मन्त्रालयले आवश्यक जोखिम भत्ता अर्थ मन्त्रालयसँग माग गर्नुपर्नेमा ६ महिनादेखि दिन नसकेको भन्दै अर्थ मन्त्रालयसँग समन्वय गरिदिन समितिलाई आग्रह गरेको हो ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सरकारले ५० प्रतिशत भत्ता दिने घोषणा गरेको थियो । सरकारले घोषणा गरेको भत्ता असारसम्मको मात्रै दिन सकेको मन्त्रालयले जनाएको छ ।

त्यसपछिको भत्ता दिन बाँकी रहेको भन्दै मन्त्रालयले त्यसका लागि समितिले समन्वय गरिदिनुपर्ने जनाएको छ ।