१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री कप क्रिकेटमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा प्रवेश


117
Shares

काठमाडौं । दुई विभागिय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लब प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस फाइनल पुग्दा दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गर्यो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पुलिसले पहिला ब्याटिङ गर्दै बागमतीलाई जितका लागि १५६ रनको लक्ष्य दिएको थियो । बागमती निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०५ रनमा सीमित भयो । बागमतीका आदिल खानले सर्वाधिक २७ रन बनाए ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २३ रनको योगदान गरे । पुलिसका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक पाँच विकेट लिए । दोस्रो सेमिफाइनलमा एपीएफले आर्मीलाई जितका लागि २ सय ३१ रनको विशाल लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा आर्मी ९ विकेट गुमाउँदै १ सय ८३ रनमै सिमित भयो ।

आर्मीका लागि राजेश पुलामीले ३८ र भिम सार्कीले ३५ रन जोडे । एपीएफका लागि शरद भेषावकरले तीन विकेट लिए यस अघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै २ सय ३० रन जोड्यो । एपीएफका लागि आसिफ शेखले सर्वाधिक ८४ रनको योगदान गरे । लोकेश बमले केवल १८ बलमा ६६ रन बनाउदै अविजित रहे । प्रदिप ऐरीले ५७ रन जोडे ।