२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


अनुसन्धान भन्छ– ‘कोभिड–१९ को संक्रमण रोक्न गुराँस प्रभावकारी’


34.775k
Shares

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ संक्रमण रोक्न गुराँस प्रभावकारी हुने देखिएको छ ।

भारतीय प्रौघोगिक संस्थान र इन्टरनेशनल फर जेनेटिक इन्जिनियरिङ्ग एण्ड बायोटेक्नोलोजीका अनुसन्धानकर्ताले हिमाली क्षेत्रमा पाइने गुराँसको पातमा पाइने फाइटोकेमिकल्सले कोभिड–१९ संक्रमण रोक्न प्रभावकारी हुने जनाएको हो ।

अनुसन्धानले गुराँसको पातमा पाइने फाइटोकेमिकल्सले कोभिड–१९ को संक्रमण रोक्न सक्ने र यसमा पाइने एन्टिभाइरल तत्वले भाइरससँग लड्न सक्ने निष्कर्ष निकालेको हो ।

यो अनुसन्धानको विषयमा हालै प्रकाशित ‘Biomolecular Structure and Dynamics’ नामक जर्नलमा उल्लेख गरिएको छ । गुराँसको पातमा हुने ‘अर्क’को नन टक्सिन नामक औषधिले कोभिड संक्रमणलाई रोक्न सक्ने अनुसन्धानमा पाइएको छ ।

गुराँसलाई स्वास्थ्य लाभका लागि हिमाली क्षेत्रमा स्थानीयले प्रयोग गर्ने गरेका छन् । गुराँस नेपालको राष्ट्रिय फूल पनि हो ।