१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्मचारीमा संक्रमण बढेपछि काठमाडौं जिल्ला प्रशासनबाट नागरिकता वितरणलगायतका काम स्थगित

राहदानी विभागले पनि रोक्यो पासपोर्ट वितरण

286
Shares

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा पनि कोभिड–१९ को संक्रमण बढेपछि सेवा कटौती गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि लागू हुनेगरी सेवा कटौती गरेको हो ।

जस अनुसार अब नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरणका काम स्थगित गरिएका छन् ।

यस्तै, राहदानी विभागले पनि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ । यसअघि टोकन लिएका तथा बुकिङ भएका बाहेक नयाँ राहदानी जारी गर्न बन्द गरिएको छ । विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका बाहेक अन्य सेवा हाललाई स्थगित गरिएको विभागले जनाएको छ ।