१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चेल्सी ब्राइटनसँग बराबरीमा रोकियो


169
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको उपाधि सम्भावना झन्झन् कमजोर बन्दै गएको छ ।

पछिल्लो समय खराब लयमा रहेको चेल्सीलाई गएरातिको खेलमा ब्राइटनले १–१ गोलको बराबरीमा रोक्यो ।

खेलमा चेल्सीको लागि हकिम जियकले पहिलो गोल गरे । तर, ब्राइटनका एडम वेब्सटरले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।

यो बराबरीपछि चेल्सीले प्रिमियर लिगको अंक तालिकामा शिर्ष स्थानको म्यान्चेस्टर सिटीसँग दुरी घटाउने अवसर गुमाएको छ । २२ खेलबाट सिटीको ५६ अंक छ । लिभरपुलले २१ खेलबाट ४५ अंक जोड्दा २३ खेल खेलिसकेको चेल्सीको ४४ अंक मात्रै छ ।