१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


कांग्रेस महामन्त्री शर्मालाई कोरोना संक्रमण पुष्टि


130
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

महामन्त्री शर्माले आफूसहित सपरिवारलाई यस अघि करिब ८ महिना अघि पनि कोरोना भएको र फेरि कोरोना संक्रमण पुष्टि भएको सामाजिक संजाल ट्वीटर मार्फत बताउनु भएको हो ।

उहाँ सहित परिवारलाई आज कोरोना संक्रमण पुष्टि भएको हो ।

विशेष गरी सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रममा सावधानी नअपनाएका कारण कोरोना संक्रमण भएको बताउँदै उहाँले आत्मालोचना समेत गर्नु भएको छ ।

हाल स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको परामर्शमा आइसोलेसनमा बसेको उहाँले बताउनु भएको छ ।