१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


एमाले पदाधिकारीको जिम्मेवार तोकियो, उपाध्यक्षहरुको अधिकार वरिष्ठ उपाध्यक्षलाई


6.851k
Shares

काठमाडौं, माघ ५ । नेकपा (एमाले) का केन्द्रीय पदाधिकारीहरूको कर्तव्य र अधिकार विभाजन गरिएको छ ।

एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट संशोधित विधानमा केही पदाधिकारीहरूको अधिकार थप घट गरिएको छ ।

विधानमा वरिष्ठ उपाध्यक्ष पदको कर्तव्य र अधिकारको व्यवस्था पनि गरिएको छ । अरू पदका अधिकार भने अघिल्लै विधानदेखि व्यवस्था यथावत् छ ।

एमालेमा नेताहरूको व्यवस्थापनका लागि प्रथम विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिएको थियो । सोहीअनुसार दसौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित वरिष्ठ उपाध्यक्षको कर्तव्य र अधिकार विधानमा व्यवस्था गरिएको हो ।

एमालेमा ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । वरिष्ठ उपाध्यक्षलाई यसअघि उपाध्यक्षलाई तोकिएको जिम्मेवारी दिइएको छ । हालको उपाध्यक्षको अधिकारमा अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने कार्य गर्ने अधिकार कटौती गरिएको छ ।

सो अधिकार अब वरिष्ठ उपाध्यक्षलाई दिइएको छ ।