१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आन्तरिक हवाई उडानमा खोप कार्ड अनिवार्य


494
Shares

काठमाडौं, माघ ५ । आन्तरिक हवाई उडानमा पनि खोप कार्ड अनिवार्य गरिएको छ ।

नेपाल वायुसेवा सञ्चालक संघले ओमिक्रोन नियन्त्रणका लागि निर्देशिका जारी गर्दै उडानका लागि खोप कार्ड अनिवार्य गरेको जनाएको हो ।

यात्रु स्वास्थ्य सुरक्षासँगै सेवालाई सहज गर्न यस्तो व्यवस्था गरिएको संघको भनाइ छ ।

संघले खोप कार्डको मोबाइल तस्विरलाई पनि मान्यता दिने भएको छ । साथै संघले एन्टिजेन परीक्षण गर्न भने अनिवार्य नगरिएको पनि स्पष्ट पारेको छ ।

संघले आफ्ना सदस्य वायुसेवा कम्पनीलाई जहाजभित्र सेनिटाइजर व्यवस्था, उडानै पिच्छे निर्मलिकरण गर्नुपर्ने लगायतका निर्देशन जारी गरेको छ ।