
काठमाडौं, माघ ५ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले समयमै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग माग गर्नु भएको छ ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले समयमै स्थानीय तहको निर्वाचन भए एमाले एक्लैले ७५ प्रतिशत सिट जित्ने दाबी गर्नुभयो । उहाँले एमालेको लोकप्रियताबाट गठबन्धन सरकार अत्तालिएर निर्वाचन नगराउने षड्यन्त्र लागिपरेको आरोप लगाउनुभयो ।
पोखरेलले बिहीबारसम्म स्थानीय तहको निर्वाचनको मिति घोषणा नभए सरकारविरुद्ध सडकमा जनता परिचालन गरेर निर्वाचनको मिति तोक्न बाध्य बनाउने चेतावनी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्