१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विकासमा अवरोध नगर्न सत्ता गठबन्धनलाई उपाध्यक्ष पौडेलको आग्रह


416
Shares

काठमाडौं, माघ ५ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले बुटवलका विकासका आयोजनामा सत्ता गठबन्धनले राजनीति गरेको आरोप लगाउनु भएको छ ।

बुटवल उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पौडेलले विकासका काममा अवरोध नगर्न सत्ता गठबन्धनलाई आग्रह गर्नुभयो । बुटवलमा निर्माणाधीन तिनाउ दानव करिडोर प्रभावितले विभिन्न माग राखेर गरेको आन्दोलन सत्ता गठबन्धनको राजनीतिक स्वार्थबाट प्रेरित रहेको उहाँको भनाइ थियो ।

विकास आयोजना रोक्दा कसैलाई फाइदा नगर्ने भएकाले विकासमा राजनीतिक स्वार्थभन्दा माथि उठ्नु पर्ने पौडेलले बताउनुभयो ।

कोरिडोर प्रभावितले आफूहरुको उचित व्यवस्थापन र क्षतिपूर्तिको माग सम्बोधन नहुँदासम्म निर्माण कार्य अघि बढाउन नदिने भन्दै चरणवद्ध आन्दोलन गरिरहेका छन् ।

सडक डिभिजन कार्यालय बुटवलले करिडोर प्रभावित क्षेत्रमा ७ सय बढी घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने जनाएको छ ।