२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


अमेरिकाले अफगानिस्तानलाई दिनेभयो सहयोग सामाग्री


468
Shares

एजेन्सी । अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्ध लडन सहयोगी हुने सामाग्रीहरु उपलब्ध गराउने भएको छ ।

अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोनासम्वन्धी सामग्रीहरु उपलब्ध गराउन लागेको हो । अफगानिस्तालाई अहिले दश लाख खोप उपलब्ध गराउने निर्णय भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको स्पष्ट पार्नुभयो । उपलब्ध गराउन लागिएको खोप मध्ये आठ लाख ४० हजार खोप जोनसन एण्ड जोनसन खोप रहेको पनि उहाँले जानकारी दिनुभयो ।

विदेशमन्त्री एन्टोनीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अमेरिकाको सहयोगले अफगानिस्तानका जनतालाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । अमेरिकाले अफगानिस्तानलाई ३० करोड ८० लाख अमेरिकी डलर बरावरको विभिन्न सहयोग गर्ने घोषणा यसअघि नै गरेको थियो ।

अफगानिस्तानमा तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि रुष्ट भएको अमेरिकाले अन्य सहयोग बन्द गरेपनि कोरोना महामारीबाट बचाउन आवश्यक पर्ने केही सहयोग भने गरिरहेको छ ।