१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सत्ता गठबन्धनको राजनीतिक समितिको बैठक आज पनि बस्दै, स्थानीय र संसदीय चुनावबारे छलफल हुने


234
Shares

काठमाडौं । सत्तारुढ दलहरुको राजनीतिक समन्वय समितिको बैठक आज पनि बस्दैछ ।

बैठकमा स्थानिय तह र संघीय संसदको निर्वाचन कहिले गर्ने भन्ने विषयमा छलफल हुने बुझिएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न अलमल गरिरहेको सत्ता गठबन्धनमा पहिले संघीय संसद्को निर्वाचन गर्नुपर्ने विषयले प्रवेश पाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैशाख÷जेठमा संसदीय चुनवा र कात्तिक÷मंसिरमा स्थानीय निर्वाचन गर्ने प्रस्ताव राख्नुभएको हो । गठबन्धनले यो विषयमा एक÷दुई दिन छलफल गरेर निष्कर्षमा पुग्ने बताएको छ भने प्रमुख प्रतिपक्षी एमालेले स्थानीय निर्वाचन टार्ने जालझेल भनेको छ ।

उता, निर्वाचन आयोगले माघ पहिलो साताभित्रै मिति नतोकिए स्थानीय तहको निर्वाचन वैशाखमा गर्न कठिन हुने भन्दै सरकार र दलहरूको ध्यानाकर्षण गराउँदै आएको छ ।

गत मंगलबार बसेको सत्ताधारी समन्वय समितिको बैठकमा माओवादी अध्यक्ष दाहालले एमालेले लगातार संसद अवरोध गरेकाले पहिले संसदीय निर्वाचनको प्रस्ताव राखेको बुझिएको छ ।