१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


भारतले रोक्यो अन्तर्राष्ट्रिय यात्रुबाहक उडान, कार्गो उडान भने जारी रहने


3.809k
Shares

काठमाडौं । कोरोना भाइरसको संक्रमण तीब्र बनेपछि भारतले अन्तर्राष्ट्रिय यात्रुबाहक हवाई उडानमा रोक लगाएको छ ।

भारतको नागरिक उड्ड्ययन महानिर्देशनालय (डीजीसीए) ले आगामी फेब्रुअरी २८ सम्मका लागि अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कार्गो उडान र डीजीसीएबाट अनुमति लिएका उडान भने जारी रहनेछन् । पछिल्लो समय भारतका कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेको छ ।