
सर्लाही । सर्लाहीको गोडैतामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ ।
चिसोबाट बच्न आगो तापिरहेको अवस्थामा सर्लाहीको गोडैता नगरपालिका–११ की ७५ वर्षीया देवकली देवीको जलेर मृत्यु भएको हो ।
बुधबार साँझ आफ्नै घरमा आगो तापिरहँदा उनको शरीरमा आगो सल्किएको थियो । आगोले शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएकी उन्को उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्