११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बसको ठक्करबाट बालकको मृत्यु


0
Shares

धादिङ, फागुन १ । बेनीघाट रोराङ गाउँपलिकामा भएकाको दुर्घटनामा बालकको मृत्यु भएको छ ।

बेनीघाट रोराङ गाउँपालिका–२ अर्चलेस्थित मलेखु ताल्ती सडकखण्डमा मलेखुबाट ताल्तीतर्फ जाँदै गरेको ना२ख ५०५७  नंको बसले सात वर्षीय प्रज्वल गुरुङलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।

बालकको शव परीक्षणका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ ।

ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार बस चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । रासस