
काठमाडौं । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न आज बस्ने भनिएको पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको बताइएको छ ।
यसअघि गत मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राख्नुभएको थियो । त्यसबारे थप गृहकार्य गरेर आज बैठक बस्ने भनिएको थियो ।
उता, निर्वाचन आयोगले माघ पहिलो साताभित्रै मिति नतोकिए स्थानीय तहको निर्वाचन वैशाखमा गर्न कठिन हुने भन्दै सरकार र दलहरूको ध्यानाकर्षण गराउँदै आएको छ ।
गत मंगलबार बसेको सत्ताधारी समन्वय समितिको बैठकमा माओवादी अध्यक्ष दाहालले एमालेले लगातार संसद अवरोध गरेकाले पहिले संसदीय निर्वाचनको प्रस्ताव राखेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्