
काठमाडौं । सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ ।
बुधबार ९२ हजार ७ सयमा कारोबार भइरहेको सुनको मूल्य बिहीबार तोलामा १ हजारले वृद्धि भएर ९३ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि मूल्यवृद्धि भएको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले वृद्धि भएर १३ सय १५ रुपैयाँमा कारोबार भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔंस १८ सय ४१ र चाँँदी प्रतिऔंस २४ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्