११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


रिपोर्टपछि जुगल गाउँपालिका विरामीहरुमा कोरोना भाइरस छ, छैन थाहा हुने : अध्यक्ष श्रेष्ठ


0
Shares

सिन्धुपाल्चोक, फागुन १ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बामा कोरोनाको लक्षणसंग मिल्ने रुघा, खोकी र अत्यधिक ज्वरोले मानिस बिरामी हुन थालेपछि विरामीको खकारलगायतको नमुना संकलन गरिएको छ ।

काठमाडौको टेकु अस्पताल, सिन्धुपाल्चोक जिल्ला अस्पताल र चौताराबाट गएको ल्याब टेक्निसियनको टोलीले नमुना संकलन गरेको हो ।

संकलित नमुनाको रिपोर्ट भोलि साँझसम्म आएपछि मात्र विरामीहरुमा कोरोना भाइरस छ, छैन थाहा हुने जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

स्थानीय सामुदायिक स्वास्थ्य संस्थामा विरामीहरुको उपचार सुरु गरेपछि बिरामीहरुलाई केही निको हुँदै गएको र केही घर फर्किसकेको जलविरे अस्पतालका चिकित्सक पिताम्बर खनालले बताए ।

यता गुम्बा पुगेको स्थानीय विपद् व्यवस्थापन समितिको स्वास्थ्यकर्मीसहितको टोलीले गुम्बामा देखिएको भाइरस कोरोना नभइ सिजनल फ्लू भएको आशंका गरेको छ । गम्बाका स्थानीयमा गत बिहिबारबाट यस्तो लक्षण देखिन थालेको हो ।