
बैतडी, माघ ६ । सुदूरपश्चिम प्रदेशमा बिहीबार ५३४ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट २२ सय ८६ जनाको नमूना परीक्षण गर्दा ५३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआरमार्फत २३९ र एन्टीजेन मार्फत २९५ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १६७, महाकाली अस्पतालमा ५०, जिल्ला अस्पताल बाजुरामा २२ र एन्टीजेनमार्फत कैलालीका ९८, कञ्चनपुरका ९४, बाजुरामा ६, दार्चुलाका २, बझांगका १०, बैतडीका ५, डोटीका ३१, डडेल्धुराका ३८ र अछामका ११ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै, गत २४ घण्टामा प्रदेशभर १२ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कसैको मृत्यु भएको छैन् ।
यसैबीच बिहीबार संक्रमण पुष्टि भएका ५३४ जनामध्ये भारतबाट फर्किएका १५५ जना कोरोना देखिएको छ । प्रदेशको गौरीफन्टा नाकामा ७४, गड्डाचौकी नाकाका ७६, झुलाघाटमा चार र पुलघाट नाकामा एका जनामा पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसअघि बुधबार यस प्रदेशमा ४७७ जनामा सङ्क्रमण पुष्टि हुँदा १९ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६ सय १६ जनाको ज्यान गइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्