१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


हरेक परिवारमा कोभिड संक्रमित छन् : डा. शेरबहादुर पुन (अन्तर्वार्ता)


7.683k
Shares

काठमाडौं । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हरेक परिवारमा कोभिड–१९ संक्रमण देखिएको बताउनुभएको छ ।

ईमेज टेलिभिजिनसँगको कुराकानीमा डा. पुनले अहिले कोभिडको ओमिक्रोन भेरियन्टबाट हरेक परिवार संक्रमित भएको बताउनुभयो । उहाँले ओमिक्रोन भेरियन्ट छिटो फैलिने र छिटो निको हुने जानकारी दिनुभयो ।

नेपालमा कोरोना संक्रमणको लहर प्रत्येक रेकर्ड कायम गर्दै बढिरहेको छ । दैनिक परीक्षणको तुलनामा ५० प्रतिशत व्यक्तिमा संक्रमण देखिन थालेसँगै संक्रमण समुदायमै फैलिसकेको पुष्टि भइसकेको छ ।

तर, ओमिक्रोनको संक्रमण तीव्र रूपमा बढ्दै गए पनि विद्यालय बाहेक सबै क्षेत्र खुल्ला हुँदा आगामी दिनमा संक्रमणले भयावह रूप लिने देखिएको छ ।

ओमिक्रोन संक्रमण दर, घट्न लाग्ने समय तथा शहरबजारमा भइरहेको भीडभाडको सन्दर्भमा टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका चिकित्सक डा. पुनसँग गरिएको भिडियो कुराकानीः–