
web pic
पोखरा, माघ ६ । गण्डकी प्रदेशमा बिहीबार होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोरखा जिल्ला पालुङटार नगरपालिका २ की ६९ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
उनको होम आइसोलेसनमै रहेको अवस्थामा मृत्यु गएको हो । योसँगै प्रदेशमा कोरोनाबाट ज्यान जानेको संख्या १ हजार ४ सय ३० पुगेको छ । यस्तै बिहीबार एकै दिन ६२७ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ११ सय ७५ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । सोही अवधिमा ७० जना संक्रमित कोरोनामुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्