१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


८३४ जना प्रहरी संक्रमित


546
Shares

काठमाडौं, माघ ६ । नेपालमा ओमिक्रोन संक्रमण दिन प्रतिदिन उकालो लागिरहँदा अग्रपंक्तिमा काम गर्ने प्रहरीको ठूलो संख्या संक्रमित बनेको छ ।

नेपाल प्रहरी प्रवक्ता बिष्णुकुमार केसीले प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी देशभरका ८ सय ३४ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यो संख्यामध्ये उपत्यकामा १ सय ९८ र ६० स्वास्थ्यकर्मी प्रहरी सक्रमित रहेपनि कसैलाई जटिल समस्या नभएको उहाँले बताउनुभयो ।

अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीलाई स्वास्थ्य मापदण्ड पालन गरेर काममा खटिन निर्देशन दिइसकेको र प्रहरी को २ नम्बर गण र विपद ब्यवस्थापनको भवनमा आइसोलेसनको व्यवस्था गरिएको प्रहरी मुख्यालयले जनाएको छ ।