
काठकाडौं, माघ ६ । नेपाल एपीएफ क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
पोखरास्थित पोखरा रंगशालामा भएको उदघाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम आठमा प्रवेश गरेको हो ।
सातदोबाटो युथ क्लबका ५ खेलाडी लिएर प्रतियोगितामा उत्रिएको आयोजक टिम उद्घाटन खेलमै पराजित भयो ।
एपीएफका लागि आभाष लामिछाने र प्रदिप लामाले एक–एक गोल गरे । आभाषले पहिलो हाफमा एपीएफलाई अग्रता दिलाएका थिए । आभाषले खेलको १४ औं मिनेटमा गोल गर्दै विभागीय टोलीलाई अग्रता दिलाएका थिए । प्रदिपले भने ६० औ मिनेटमा एपीएफको अग्रता दोब्बर बनाए ।
एपीएफले अब माघ ८ गते अमेरिकाको बीवाईएससी मिनेसोटाविरुद्ध खेल्नेछ । प्रतियोगिता अन्तर्गत शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्